बिरामी बोकेर काठमाडौं जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु
ओखलढुंगा | माघ १७, २०८१
ओखलढुंगा: बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो।
गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो ।
चालकको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाडीबाट शव निकाल्ने प्रयास गरिरहेको छ।
मृतकहरूको सनाखत हुन बाँकी छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

